...

Tuesday 16th April 2024

नेपालमा स्थायी अशान्तिका लागि झन् ठूलो षडयन्त्र

गोर्खा रेजिमेन्टमा मधेसीको भर्ती होइन, गैर मधेसीलाई पनि रोक्नुपर्छ

कृष्णप्रसाद भट्टराईको अपव्याख्या गरियो

स्वागत नेपाल,
२१ माघ ०७२, काठमाडौं । पछिल्लो समयमा इण्डियन सेनाको गोर्खा रेजिमेन्टमा नेपालका तर्फबाट गैर मधेसी खास गरी जनजाति समुदायका मानिसलाई मात्र भर्ना गरिँदै आएकोमा मधेसी मूलका व्यक्तिलाई पनि भर्ना लिइनु पर्ने माग र विचारहरु सञ्चार माध्यममा आइरहेका छन् ।

greater-nepal
धेरै विश्लेषण नगरी सोझै भनुँ यो माग र विचार कालान्तरमा नेपालका लागि र नेपालजस्ता देशका लागि खतरनाक सावित हुने छ । अब मधेसीलाई पनि भर्ना होइन गैर मधेसीलाई पनि गोर्खा रेजिमेन्टमा भर्ना हुनबाट रोक्नु पर्छ नेपालले ।यो नेपालमा स्थायी अशान्तिका लागि  झन्  ठूलो षडयन्त्र हो, यसलाई कुनै हालतमा सफल  हुन  दिनु   हुँदैन । 

मधेसी नेताहरुले इण्डिया सामु पछिल्लो समय जोडतोडका साथ राखेको यो मागले नेपालका लागि खतरनाक स्थिति सिर्जजा हुन्छ । इण्डियाले नेपालमा भूटानको दक्षिणी बेल्टमा उल्फा र बोडो ससस्त्र समूह पालेर राखेरजस्तो नेपालको दक्षिणमा र अन्य भागमा लिम्वुवान, खम्बुवान अरु के के वानहरुका नाममा उसले आफ्नो क्याम्प खडा गर्न मधेसी नेतामार्फत अब जाल रच्न थालेको छ ।

त्यसै पनि बर्तमान विश्वमा भाडाका सिपाही तयार गर्ने देश नेपाल र नेपालजस्ता अरु मुलुकले बन्नु हुँदैन । यो कोणको अभियान नेपालले आफूजस्ता अरु देशहरुसँगको सहकार्यबाट विश्वव्यापी रुपमा अघि बढाउनुपर्छ । नयाँ पुस्ताले त्यो अभियान शुरु गर्ने ल्याकत राख्छ ।

गोर्खा रेजिमेन्टमा मधेसी समुदायलाई पनि भर्ना लिइनु पर्ने मागको आधारमा कहिलेकाहीँ २०४६ सालको बहुदलीय व्यवस्था स्थापना हुने वित्तिकै अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई इण्डिया जाँदा त्यहाँका पत्रकारले नेपालमा मधेसी मूलका व्यक्तिलाई किन नेपाली सेनामा भर्ना नलिइएको भन्ने प्रश्नमा उहाँले तिम्रै सरकारलाई सोध किन उनीहरुलाई गोर्खा रेजिमेन्टमा भर्ना नलिइएको भनेर उल्टो जवाफ दिएपछि मुख बुझो लागेको सन्दर्भलाई आधार बनाउने गरिएको छ । तर, कृष्णप्रसाद भट्टराईको सो भनाइलाई विलोम अर्थ लगाएर यतिबेला गलत माग राखिँदैछ । कृष्णप्रसाद भट्टराईको आशय गोर्खा रेजिमेन्टमा मधेसीलाई पनि भर्ना लिइनु पर्ने भन्ने थिएन । त्यसै पनि कूटनीतिमा जे भन्न खोजिएको त्यो भनिन्न । बरु भनिन्छ, दियर इज अ ल्याङ्गवेज विहाइण्ड द ल्याङ्गवेज ।

नेपालमा विखण्डन र विद्रोह मच्चाउन मधेसी नेताबाटै त्यस्तो माग गर्न लगाएर अनि कृष्णप्रसाद भट्टराईको अभिव्यक्तिको अपव्याख्या समेत गरेर नेपालबाट मधेसी समुदायका राष्ट्रवादी नेपालीलाई भड्काउने दुष्प्रयत्न गरेर यो जाल तयार भइरहेको छ ।

त्यसैले अब गोर्खा रेजिमेन्टमा मधेसी मूलका व्यक्तिहरुलाई पनि भर्ना दिइने होइन, गैर मधेसी मूलका व्यक्तिहरुलाई पनि भर्ना हुनबाट रोकिनु पर्छ ।

पहिलो कुरा त युवाहरु आफैँले बुभ्नु पर्छ त्यहाँ भर्ना हुन जाने होइन, एक एक बुँद पसिनाबाट नेपाल बनाउन सकिन्छ । युवाहरुको एउटा नयाँ अभियान पनि शुरु भइरहेको छ । अब केही समय वीचमै त्यो घोषणा भन्दा पनि कामबाट चरितार्थ बनेर बनेर अगाडि आउने छ । म यस र अघिल्लो महिना समूह सहित देशका अधिकांश जिल्लाका लाखौं युवाहरुसँग गरेको त्यो अभियानको गुरुयोजनाका लागि अन्तरक्रिया गर्दै हिँड्ने क्रममा अत्यन्त उत्साहको वातावरण यो पंक्तिकारले पाएको छ, कि अब नेपाली युवाहरु पाखोबारीमा आफैँ केही गर्न उठेका छन् ।

नेपाल अहिले संसारको सबैभन्दा महंगो औषधी लोठ सल्लाको पातको झोलबाट क्यान्सरको औषधी बनाउने देश हो, जुन प्रति भाइल २३ हजार अमेरिकी डलर पर्छ । नेपाल अहिले विश्वको सबै भेगमा उत्पादन हुने उच्च पहाडी भेगमा तरकारीको विऊ उत्पादन गर्ने देश हो । नेपाल अहिले संसारको सबैभन्दा महंगो उच्च हिमाली भेगको भोटे कुकुर उत्पादन गर्ने देश हो । नेपाल अहिले संसारमा एक नम्बरमा मागमा रहेको आँखाको इन्ट्रा अक्युलर लेन्स उत्पादन गर्ने देश हो । युरोपेली अमेरिकीहरु पनि नेपाली इन्ट्रा अक्युलर पाएनन् भने मात्र अरु देशको खरिद गर्छन् । नेपाल अहिले संसारमै सबैभन्दा राम्रो अप्थाल्माजोलीको अध्ययन हुने देश हो । नेपाल जापानको समेत पेपर मनी करेन्सी छापिने धानको नरुवाको कागज अर्थात् राइस पेपर उत्पादन गर्ने देश हो । नेपाल संसारको सबै प्रख्यात अर्नामेन्ट कम्पनीहरुलेउत्खनन गर्ने वित्तिकै सोझै प्रयोग गर्न मिल्ने स्टोनहरु उत्पादन गर्ने देश हो । हामी एक दाना रुद्राक्ष चालिसौं लाखसम्ममा विक्री गछौं । हिजोसम्म भाषण मात्र गर्ने यी विषयका कम्पनीहरुमा आफैँ सल्लाहकार, कानुनी पक्षको विदेशीहरु समेतसँग व्यवस्थापन गर्ने समूहमा रहेर काम गर्दा आशाका किरण मात्र होइन काम नै हुन थालेको तत् तत् समूहमा रहेका साथीहरुले महसुस गरेका छन् । यस्ता क्षेत्र कति हो कति छन् ।

ती सबै क्षेत्रमा भएका प्रगति राजनीति र राजनीतिक नेता वा कुनै दलका कारण भएका होइनन् । बरु नेताहरुलाई ती विषयमा थाहा छैन किनकि उनीहरुमा न त व्यवहारिक ज्ञान छ न त अध्ययन नै । न त तिनीहरु विज्ञलाई मान्न तयार छन् । उनीहरु खाली आसेपासे चाप्लुसी र चाकरी गर्नेलाई हास्यास्पद ढंगले सल्लाहकार भनेर जागीर खुवाउँछन् । अनि झोले कार्यकर्ता र सल्लाहकारमा फरक के हो भनेर सोध्न मन लाग्छ । जे जे गर भन्यो त्यही त्यही लुरुक्क परेर गर्ने दैनिक ल्यालादारी भाडाका चाकरहरु कसरी सल्लाहका हुन सक्छन् ।

साँच्चै सल्लाह दिने भए मधेसी वा अन्य जो सुकै लिम्वुवान, खम्वुवान समेतका समूहलाई इण्डियामा सैनिक बनाएर नेपाल विरुद्ध इण्डियन इन्ट्रेस्ट पूरा गर्ने गरी भर्ना हुनबाट रोक्नु पर्छ । त्यसैले अब गोर्खा रेजिमेन्टमा मधेसीलाई भर्ती होइन गैर मधेसीलाई पनि रोक्नु पर्छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...